समाचार

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई रु १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेवापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले शनिबार पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनलाई रुपन्देही सैनामैना नगरपालिका–६ स्थित कलौनी चोकबाट पक्राउ गरिएको हो ।

यस्तै आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी र निजकी श्रीमती निर्मला केवटलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

थुनामा रहेका आरोपीलाई छुटाइदिन सहयोग गरेवापत सेवाग्राहीसँग घुस मागेको अभियोगमा शुक्रबार सियारी गाउँपालिका–७ स्थित खनाल मिठाइ पसल नजिकैबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई शुक्रबार पक्राउ गरिए पनि अनुसन्धान जारी रहेकाले शनिबार सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *