समाचार

कोराना संक्रमणबाट महिलाको मृत्यु

सप्तरी । यहाँ थप एक कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका-२ बरमझियाकी ४६ वर्षीया महिलाको बिहीबार घरमै मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले अर्बुद रोगबाट पीडित बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही असोज २६ गते गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बताए । अर्बुदरोगलगायत विभिन्न दीर्घरोगबाट पीडित बिरामीमा संक्रमण देखिएपछि धरानका चिकित्सकले अर्बुदरोगको अन्तिम चरणमा रहेको भनी घर फर्काएका थिए ।

शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली बरमझिया पुगिसकेको नगर प्रमुख वसन्त मिश्रले जानकारी दिए । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुने २३ जना पुगेका छन् । संक्रमित हुनेको सङ्ख्या एक हजार ४ सय ५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये एक हजार १ सय ५१ जना निको भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *