काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पहाडीको निष्ठा र योगदानप्रति नेपालको कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत भएको पूर्वप्रधानमन्त्री नेपालले प्रेस विज्ञप्तिमा जनाएका छन् ।
सांसद पहाडीले नेपाली समाजको रुपान्तरण र नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकी थिइन् । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित उनको बुधबार उपचारका क्रममा काठमाडौंं मेडिकल कलेजमा निधन भएको हो ।
उनी २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसद्को प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन् ।




