समाचार

दिसाजन्य फोहर व्यवस्थापनका लागि डिपिआर तयार

लमही । लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाएको छ । नेपाल नगरपालिका संघको सहकार्यमा सुरु गरिएको सो परियोजनाअन्तर्गत डिपिआर बनाइएको परियोजनाका स्रोत व्यक्ति गायत्रीकुमारी थापाले जानकारी दिए । सो डिपिआरबारे नगरपालिकाका प्राविधिकलाई जानकारी दिएसँगै केही दिन भित्रै ठेक्का आह्वान गरिने बताइएको छ ।

परियोजना सञ्चालनका लागि नगरपालिका र संघबीच मिति २०७५ पुष १० मा सम्झौता भएको थियो । सो संघको सहकार्यमा देशभरका पाँच नगपालिकामा पनि यस प्रकारको परियोजना सुरु गरिएको छ ।संघको सहकार्यमा नगरमा परीक्षणकारूपमा शहरी सरसफाइसँग सम्बन्धीत कार्यको नमूना अघि बढाइएको छ ।

सो परियोजनाअन्तर्गत उक्त नगरपालिका-५ मा रहेको ल्याडफिल्ड साइटमा यसै वर्ष भौतिक संरचना निर्माण गरिने र यसका लागि रु दुई करोड खर्च लाग्ने स्रोत व्यक्ति थापाले बताए । यसका लागि उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा वजेट विनियोजन गरिसकेको छ ।

डिपिआर निर्माण तथा नीति निर्माणमाउक्त संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफैँले गर्नुपर्ने छ । सो परियोजना सुरु भएपछि शौचालयको सेप्टी ट्याङकीबाट निस्कने फोहोर व्यवस्थापन गर्न सहज हुने भएको छ । यसबाट कम्पोष्ट मल बनाएर बिक्रीसमेत गरिनाका साथै वातावरण सफा राख्नसमेत सहयोग पुग्ने नगरपालिका उपप्रमुख देवका वेल्वासेले जानकारी दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *