समाचार

संक्रमण देखिएपछि संखुवासभा जिल्ला अस्पताल शिल

संखुवासभा– जिल्ला अस्पताल संखुवासभामा कार्यरत ३ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालले आकस्मिक र प्रसुती सेवा बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।

आइतबार स्वास्थ्यकर्मी कर्मचारीको नतिजा पोजेटिभ देखिएपछि अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको बैठक बसेर अस्पताल बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गरिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा शुन्दर श्याम झाले जानकारी दिए ।उनीहरुको नतिजा नआएसम्म अस्पतालका सेवा बन्द गरिने डा झाको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *