समाचार

दसैंमा नयाँ नोट वितरण हुन्न : राष्ट्र बैंक

काठमाडौं- दशैं भन्नासाथ धेरैलाई मान्यजनको आशिर्वाद र नयाँ नोटको याद आउँछ । तर यसपाली भने सर्वसाधारणले दशैँकै लागि भनेर नयाँ नोट साट्न नपाउने भएका छन् । कोरोना संक्रमणबाट बच्च नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने निर्णय गरेको हो ।

दशैका लागि भनेर नेपाल राष्ट्र बैकले नयाँ नोट छापेर राखेको भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट जोगिनका लागि भन्दै यसपाली नयाँ नोट नसाट्ने निर्णय गरेको हो ।

बैंकले बडा दशैं लगायत चाडवाडमा सर्वसाधारणका लागि साना दरका साथै चलनचल्तीका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो ।

तर, दशैं संघारमा आइपुग्दा पनि विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *