समाचार

महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेकी आमा सोमादेवी कोइरालाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

त्रियानब्बे वर्षीय कोइरालाको आज ललितपुरस्थित आफ्नै निवासमा निधन भएको हो । ‘महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेकी आमा सोमादेवी कोइरालाको दुःखद निधन भएकाप्रति महासङ्घ स्तब्ध भएको छ, दुःखको यस घडीमा पूर्वअध्यक्ष गाउँले र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।स्व कोइरालाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *