समाचार

हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

सिन्धुपाल्चोक- हेलिकप्टर मार्फत आज सिन्धुपाल्चोकमा शिशु सहित सुत्केरी महिलाको उद्दार गरिएको छ । हेलम्बु गाँउपालिका वडा नम्बर २ किउलकी सोनिया जोगिको उद्दार गरिएको हो ।

सुत्केरी ब्यथा लागेपछी एम्बुलेन्स मार्फत बिष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।

आमाको भन्दा पनि बच्चाको अबस्था जटिल भएपछी ९ एन,ए,के,पि हेलिकप्टर मार्फत आज बिहान १० बजे काठमाडँौको थापाथली प्रसुती गृहमा पठाइएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए  ।यश अघि पनि गाँउपालिकाले जटिल परिस्थितिमा सुत्केरीको उद्दार गर्दै आएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *