काठमाडौं। परराष्ट्र मन्त्रालयका नवनियुक्त सचिव भरतराज पौडेलले शुक्रबार बिहान पदभार ग्रहण गरेका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव पौडेललाई सचिव बनाउने निर्णय गरेको थियो ।
सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन् ।यसअघिका परराष्ट्र सचिव शंकरदास बैरागीलाई सरकारले मूख्य सचिव बनाएसँगै पद रिक्त थियो ।




