काठमाडौं । नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ बाहेकका सेवा बहिष्कार गर्ने निर्णय गरेको छ ।
बुधवार एक विज्ञप्ति प्रकाशित गर्दै संघले डा. गोविन्द केसीको सत्याग्रह २४ औं दिन पुगिसक्दा समेत सरकारले वार्ता टोली पनि गठन नगरी बेवास्ता गरेको भन्दै विरोधका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएको जनाएको छ ।
संघद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।





