काठमाडौँ । लागुऔषध तस्करीमा लागेका प्रहरी निरीक्षक र पूर्वपाइलट जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौँले लागूऔषध तस्करीको कारोबारमा संलग्न नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) र नेपाल एयरलाइन्सका पूर्वपाइलटलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनीहरु जेल चलान भएका हुन् ।
अपराधमा संलग्न भएको पुष्टि गर्दै अदालतले इन्स्पेक्टर रुद्र बहादुर शाही र पाइलट भुपेन शेरचनलाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको हो । इन्सपेक्टर शाही महानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखामा कार्यरत थिए । लगडाउनको समयमा इन्सपेक्टर शाहीले आफ्नै गाडीमा लागूऔषध तस्करीको आरोपमा उनी गत ११ असारमा पक्राउ परेका थिए । इन्सपेक्टर शाही आफैं तराई गएर सो लागूऔषध ओसारेको अनुसन्धानमा खुलेको थियो ।
लागूऔषध ओसारपोसार तस्करीको आरोपमा शाही र शेरचनसँगै पक्राउ परेका सन्तोष कुमार शाह, एलिसन बस्नेत र अभिनास थपलियालाई पनि अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । राजधानीको नक्सालमा बस्दै आएका ४८ वर्षीय शेरचनले नेपाल एयरलाइन्सका ट्वीनेटर विमान चलाउँथे । तर, जागिर सुरु गरेको केही वर्षमै उनले राजीनामा दिएर छोडेका थिए ।
त्यतिबेला प्रहरीले उनीहरुको साथबाट डालेक्सद्द–डिसी, नाइट्रोभेटलगायत लागूऔषध बरामद भएको थियो । उनीहरुको साथबाट मनोद्दिपक लागुऔषध ६६० बोतल, नाइट्राभेट १ हजार १ सय ४० ट्याब्लेट, स्पामो प्रोक्स्भिन क्याप्सुल ३ सय ३० थान र एक लाख रुपैयाँ प्रहरीले बरामद भएको थियो




