समाचार

सुनको मूल्य प्रतितोला ८०० ले बढ्यो

काठमाडौं ।नेपाली बजारमा आज पहँेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापाबाल सुन प्रतितोला रु ८०० ले वृद्धि भई रु ९४ हजार ९०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनमा पनि रु ८०० ले नै वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको तेजाबी सुन आज भने रु ९४ हजार ४०० मा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला रु २० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको चाँदी आज भने रु एक हजार २०० मा कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *