राजविराज । पूर्व सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई पितृ शोक परेको छ ।उनका पिता श्यामसुन्दर रौनियारको आज ९० वर्षको उमेरमा निधन भएको हो । मधुमेह लगायत रोगले ग्रसित रहेका रौनियारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको सप्तरीको कञ्चनपुर नजिकैको कोशी नदी घाटमा उहाँको सनातन हिन्दु परम्परानुसार दाहसंस्कार गरिने छोरा दीपक गुप्ताले जानकारी दिए ।




