समाचार

यौन दुर्व्यवहारको आरोपमा वडाअध्यक्ष पक्राउ

ओखलढुंगा- यौन दुर्व्यवहारको आरोपमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ३ का वडा अध्यक्ष मेडल राईलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको उजुरी आएपछि वडाअध्यक्ष राईलाई प्रहरीले पक्राउ परेको हो ।

मादक पदार्थ सेवन गरेर आफुलाई घरैमा आएर यौन दुर्व्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले बताए । पक्राउ परेका राई विरुद्ध म्याद थप गरेर अनुन्धान थाल्ने तयारी भईरहेको उनको  भनाई छ ।

‘करणीको जाहेरी आएपछि हामीले नियन्त्रणमा लिएका छौं ।’ उनले भने , ‘अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भईरहेको छ ।’ घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।अध्यक्ष राईले चार दिन अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ ।

घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिएपनि पीडित महिला प्रहरीमा पुगेपछि प्रहरीले वडाअध्यक्षलाई पक्राउ गरेको छ । राती महिला सुतेकै ठाउँमा गएर वडाअध्यक्ष राईले करणी प्रयास गरेको पीडित पक्षको आरोप छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *