कोशी प्रदेश

उदयपुरमा एक मेयर सहित ६ जनामा कोरोना पोजेटिभ

उदयपुर । उदयपुरमा थप ६ जनामा कोरोना भाइरस कोभिड – १९ संक्रमण पुष्टि भएकोे छ । बेलका नगरपालिकाका प्रमुख दुर्गा कुमार थापा,स्वास्थ्यकर्मी , कर्मचारी , सवारी चालक, एक किशोरीमा सहित ६ जनामा १ नं प्रदेशको जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि गरेकोे जिल्ला स्वास्थ्य कार्यलय उदयपुरले बताएको छ ।
केहि दिन अघि एक बृध्दमा संक्रमण पुष्टि भए पछिको कन्ट्याक्ट् ट्रेसिङका आधारमा थ्रोडस्वाप संकलन गरि पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
संक्रमित हुने हरुमा बेलका नगरपालिकाका ५४ बर्षिय पुरुष , ४० बर्षिय पुरुष स्वास्थ्यकर्मी , ४३ बर्षिय पुरुष कर्मचारी , २८ बर्षिय पुरुष कर्मचारी ४२ बर्षिय पुरुष सवारी चालक र १८ बर्षिय एक किशोरी रहेको उदयपुर स्वास्थ्य प्रमुखले जानकारी दिए ।
नगर प्रमुखसहित संक्रमितहरुको उपचार उदयपुर कोभिड–अस्पतालमा बेलटारमा भइरहेको छ । उनीहरू सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ । उदयपुरमा कोरोना संक्रमितको संख्या ३२ महिला सहित १ सय २४ पुगेको छ भने १ सय १८ जना उपचार पछि घर फर्किसकेका छन । १९ सय ३० महिला सहित ७ हजार ६ सय अन्ठानब्बे को पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यलयले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *