कोशी प्रदेश

क्याम्पस चोकको एक घरमा आगलागी

संखुवासभा । चैनपुर नगरपालिका ६ स्थित क्याम्पस चोकमा रहेको इन्द्र बहादुर खड्काको घर जलेर नष्ट भएको छ । घरधनी घरमा नभएका कारण सोमबार विहन भएको आगालागीबाट के–कति क्षती भयो क्षतीको विवरण आउन सकेको छैन । खड्काका परिवार केही समय अघिदेखि इटहरीमा बस्दै आएका र घरमा खड्काका ससुरा ८२ वर्षे भैरव बहादुर वस्नेत र एक नातीनी वस्दै आएका थिए । विहान ४ः४५ बजेको समयमा ढुंगामाटोको गारो, जस्ताको छानो भएको ३ तले घरमा आगलागी भएको छिमेकीहरुले थाहा पाएपछि घरमा सुतिरहेको मानिसहरुलाई वाहिर निकालेकाले मानवियक्षती हुन नपाएको वस्नेतले बताए ।

स्थानीयवासी, प्रहरी, शसस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीसँगै घरभित्र रहेको खानापकाउने ग्यासको सिलिण्डर पटक पटक पड्कदा आगो नियन्त्रण गर्न कठिन भएको स्थानीयहरु बताउछन् ।
स्थानीयले आगलागी भएलगत्तै प्रहरीलाई खबर गरेपछि प्रहरी टोली समेत घटना स्थलमा आइपुगेका थिए । इन्द्र बहादुर खड्काका छोरा मदन खड्काले मानवीयक्षती हुनबाट जोगाउने स्थानीय छिमेकी, साथीभाई, तथा सुरक्षा नियकायलाई धन्यवाद दिँदै घटना विद्युत सर्टभएर वा कसैले नियतवस उक्त घटायो गहिरो अनुसन्धान गरिदिन सरोकारवाला, प्रहरी प्रशासन, नगरप्रमुख, वडाध्यक्ष सबैमा अनुरोध गरेका छन ।

घरमा आगलागी विद्युतलाइन सर्ट भएर हो या अन्यकुनै कारणले आगलागीभएको हो थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

केहीदिन अघि अम्बर बहादुर कार्कीको गाइवस्तु बाधेको मतानमा पनि आगालागी भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *