बागमती प्रदेश

नारायणगढ- मुग्लिन सडक एकतर्फी खुला   

चितवन । नारायणगढ –मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान ८ः १० बजे नारायणगढबाट ३१ दशमलव ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *