काठमाडाैं। नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति हेमन्त श्रेष्ठले नक्कली फेसबुक आइडी बनाई आफ्नो चरित्र हत्या गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन । श्रेष्ठले फेक आइडीमार्फत लागाइएको आरोप सत्य नभएको स्पष्ट पार्दै चरित्र हत्यामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारवाहीको माग गरेका हुन । सामाजिक सञ्जालमा बद्नाम र चिरित्रहत्य गर्नेहरुलाई प्रमाण पुर्याउन श्रेष्ठले चुनौति दिएका छन ।
भाद्र १९ गते साझ तातोपानी ठेगना राखी जीवन राउत भन्ने नामबाट फेक फेसबुक एकाउन्ट खोली बाह्रविसे नगरपालिकाको नेपाली कांग्रेसको गतिविधि भनी बुदा नम्बर ४ मा उल्लेखित दुस्प्रचारको अरनिको कलेजको स्ववियु सभापति समेत रहेका क्षेत्रीय सभापति श्रेष्ठले एक विज्ञप्ती जारी गरी भत्र्सना गरेका छन । उनले विभिन्न सामाजिक सञ्जाल र अनलाइनमा फैलाइएको अफवाह सत्यता नभएको स्पष्ट पारेका छन ।
श्रेष्ठले आफूलाई लगाएको लान्छनको कानूनी उपचारसमेत खोज्ने बताएका छन । साइवर अपराध र चरित्र हत्या सम्वन्धी कारवाहीको माग गर्दै शनिबार इलाका प्रहरी कार्यालय बाह्रविसेमा श्रेष्ठले जाहेरी दर्ता गराएका छन ।






