उदयपुर । समयमै धान राेपाई सकेका किसानले गोडमेल सक्दा समेत रसायनिक मल पाउन सकेका छैनन् । मल बिना धान पहेलो भइसक्दा समेत मल नपाउदा भने किसान चिन्तिन बनेका छन ।
उदयपुरमा मल बितरणको जिम्मा पाएको कृषि सामाग्री कम्पनि लिमिटेडले लकडाउन र निशेधाधाज्ञाकाे बाहानाबाजीमा जेठदेखि नै रसायनिक मल उपलब्ध गराउन सकेको छैन । आषाढको अन्तिम साता रोपाइ सकेका किसानले भदौ पहिलो सात धान गोडमेल गरिसकेका छन ।
सहकारी संस्था लि . लाइलाई रसायनिक मल डीएपी, युरिया उपलब्ध गराउनेे कृषि सामाग्री कम्पनी लिले आज भोलि भन्दै महिनौ सम्म मल नदिएको र आफुहरुले किसानलाई समयमा उपलब्ध गराउन नसकेको सहकारी संचालकको गुनासो छ । किसानहरु आज त मल पाइन्छ भन्दै सहकारी धाउनेको लर्को रहेको चौदण्डी गढी नगरपालि – १० भिमसेन कृषि सहकारीका अध्यक्ष अनन्तराम चौधरी बताउछन ।
उदयपुरको धान खेति हुने १३ हजार ३ सय ८० हेक्टर मध्ये ८० प्रतिशत जमिनमा रसायनिक मल प्रयोग गरिने कृषि ज्ञान केन्द्रका प्रमुख नरनाथ रेग्मिले बताए ।
बन्दाबन्दि भएपछि बैदेशिक रोजगार तथा आन्तरिक रोजगारिमै रहेका किशान घर फर्किएको अवस्थामा खर्च बढेको छ तर समयमा मल नपाउदा धान उत्पादन घट्नेमा किसान चिन्तित बनेका छन ।
उता छिमेकि जिल्ला सिराह, सप्तरीमा भने दोश्रो बाटो प्रयोग भइ आएको मल प्रसस्त पाइने तर प्रति केजी २० मा पाइने मल ४०/५० रुपैया सम्म तिर्नु परेेको गुनासो कृषकहरुको छ ।
उदयपुरको धानको सिजनमा मात्र २० हजार टन मलको माग रहेको छ । तर ४/५ हजार टन मात्र बर्ष भरिमा प्रप्त हुने कृषि सामाग्री कम्पनि उदयपुरले जानकारी दियको छ ।
पछिल्लो समय साल्ट ट्रेडिङ लिमिटेडले युरिया उपलब्ध गराउने नगर पालिकाहरुसंग समन्वय भए पनि हप्तौ बित्दा समेत साल्ट ट्रेडिङ लिमिटेड लहानले मल उपलब्ध नगराएको सहकारी संचालक बताउछन ।
गत बर्ष ६० हजार मेट्रिक टन धान उत्पादन भएको उदयपुरमा यस वर्ष मलकै कारणले ५० प्रतिशत उत्पादनमा ह्रास हुने कृषिका जानकारहरु बताउछन ।





