देश

प्रादेशिक अस्पताल बुटवलमा कोरोनाबाट महिलाको मृत्यु   

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको आज बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

यही भदौ ७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएकी महिलामा ज्वरो, श्वासप्रश्वास तथा रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *