उदयपुर । उदयपुरमा कोभिड – १९ को संक्रमण निस्तेज हुँदै गएको छ । स्थानीय तह,जिल्ला प्रसासन कार्यलय , जिल्ला स्वास्थ्य कार्यलय, संकट ब्यबस्थापन केन्द्रको उच्च सतर्कता र स्थानीयमा कोरोना भाइरस सम्बन्धी मनोबैज्ञानिक त्रास का कारण निस्तेज हुँदै गएको हो ।
पछिल्लो पटक संकलित २ सय ८९ को पिसिआर नमुना परिक्षण हुदा सबैको नेगेटिभ आएकोले क्रमिक रुपमा कोरोना भाइरस नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख मोहन सुबेदीले जानकारी दिए । उदयपुर स्थित मालपोत कार्यलय मा एकै पटक ७ जनामा पिसिआर रिपोर्ट देखिए पछि श्रावण २९ गते राति १२ बजे देखि संकट ब्यबस्थापन समितिको सिफारिसमा ७ भाद्र मध्यराति सम्म निशेधाज्ञा जारी गरेको थियो ।
यस अबधिमा समेत ४ जनामा पिसिआर रिपोर्ट पोजेटिभ आएपछि थप ५ दिन भाद्र १२ गते मध्यराती सम्म निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । निशेधाज्ञा अबधी भर कन्ट्राक्ट ड्रेसिङ का आधारमा परिक्षणको दायरा बढाउदै रिपोर्ट नआउन्ज्याल होम क्वारेन्टाइनमा बस्न र सर्तनामा नमाने संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही हुने उल्लेख भए पछि पछिल्ला रिपोर्ट नेगेटिभ आएको पाण्डेले बताए ।
बैशाष ५ गते पछि हटस्पटको रुपमा रहेको उदयपुरमा ३१ जना महिला सहित १सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ७ सय अठासि महिला सहित ६ हजार ९ सय पचपन्नको थ्रो स्वाब को नमुना संकलन गरीएकोमा १७ सय ३५ महिला सहित ६ हजार ७ सय ४१ जना को पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
आइसोलेसन मा ७ महिला सहित २१ जना उपचाररत रहेको र सबैको स्वास्थ्य अबस्था सामान्य रहेको प्रमुखले जानकारी दिए।




