कोशी प्रदेश

उदयपुरका एक शिक्षककाे कोरोना संक्रमणबाट मृत्यु 

उदयपुर । उदयपुरमा पहिलो पटक कोरोना भाइरसका कारण एकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका – ४ मिलन चौक  निवासी ५२ बर्षिय शिक्षक रहेका छन ।
लामो समय सम्म बिरामी परेका उनको त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएकाे उनको बिहिबार राति कोरोना परिक्षणका क्रममा पोजेटिभ  आएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका फोकल पर्सन लौकाजी राइले बताए ।
  उनलाई जिल्ला भित्रै या बाहिर काठमाण्डौमा उपचारका क्रममा कोरोना संक्रमण भयो पुष्टी हुन बाकि रहेको छ । संक्रमण कहाबाट सर्यो एकिन भएपछि कन्ट्याक्ट् ड्रेसिङ पछि बाकि थ्रोट स्वाव संकलन गरीने राइले बताए ।  श्रावण २८ गते देखि नै ज्वरो आएको श्वासप्रश्वासमा समस्या देखिएकाले स्थानीय अस्पताल तथा स्वास्थ्य क्लिनिकमा उपचार हुदा समेत निको नभएपछि उनी भाद्र ८ गते काठमाडौं गएको पारिवारिक श्रोत ले बताएको छ ।
सुरूमा ज्वरोको लक्षण देखा परे पछि भाद्र २ गते निमोनियाको शंकामा उपचार गरिएको थियो । पुन: ठिक नभए पछि स्थानीय  पोलि क्लिनिकमा उपचार गरिए पनि ठीक नभएपछि काठमाडौं गएका हुन ।
बन्दाबन्दीकै समयमा उदयपुरको पहाडी क्षेत्रको एक आधारभूत बिद्यालयबाट त्रियुगा नगरपालिकनको ७ मा सरुवा भइ आएका थिए । उनको शवलाइ नेपाली सेनाले बब्यबस्थापन गर्ने जिल्ला प्रसासन कार्यलय उदयपुरले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *