विश्व

भारतमा एकैदिनमा ७६ हजार सङ्क्रमित थपिए    

एएनआई।भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ ।

मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म सङ्क्रमित भएकाहरुको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ । कुल सङ्क्रमित मध्ये सात लाख ५२ हजार ४२४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २६ लाख ४८ हजार ९९९ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा प्रभावित भएको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ५० जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै प्रभावित भएकोे अन्द्र प्रदेशमा ९६ हजार १९१ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *