कोशी प्रदेश

३३ गोरुको प्रहरी द्वारा उद्दार

संखुवासभा । मकालु गाँउपालिका वडा नं. ३ हेदाङना स्थित चेक पोष्टमा खटिएका इलाका प्रहरी कार्यालय हेदाङनाको प्रहरी टोलीले काट्न लगिएको ३३ गोरुको उद्दार गरेको छ ।
भोटखोला गाउँपालिका वडा नंं ५ वस्ने वर्ष २४ को राजन तामाङ र सोही गाउँपालिका वडा नं. २ वस्ने वर्ष २१ को छवाङ भोटेले गोरुहरु लग्दै गर्दा प्रहरी टोलीले फेलापारी उद्धरा गरेको हो ।
गोरु लाने दुवै जनामार्फत सम्बन्धित गोरु धनीहरुलाई जिम्मा लगाउने व्यवस्था मिलाएको छ । गाइ, गोरु काटी मासु खाने क्रम बढेपछि यस्ता कानून विपरितका गतिविधि हुन गर्न सर्न नदिन कसुरदारहरुलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय सक्रियतापूर्वक लागि परेको प्रहरी श्रोतले जनाएको छ । गत जेष्ठम हिनामा पाँचखपन नगरपालिका वडा नंं ४ कागौबध गर्ने सुवास तामाङ, श्रावण १० गते खाँदवारी नगरपालिका वडा नंं १ वस्ने लाक्पा भोटे समेत ४ जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ पशुपन्छी सम्बन्धी कसुरको दफा २८९ अनुसार गाई, गोरु मार्न वा कुटन नहुने, मारेमा वा कुटी चोटको कारण मर्न गएमा कसुर गर्ने व्यक्तिलाई ३ वर्ष सम्म कैद हुनेछ भने काटी वा कुटी अंङ्गभङ्गपारेमा ६ महिनासम्म कैद र अन्यचोट पु¥याएमा ५० हजार रुपैयासम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *