संखुवासभा। कोभिड १९ महामारीको जोखिमलाई मध्यनजर गर्र्दै लकडी व्यवसायी संघका सदस्य कमानसिंह अधिकारीले निःशुल्क माक्स वितरण गरेका छन ।
अधिकारीले चैनपुर नगरपालिका स्थित पोखरी बजारमा लाग्ने साप्ताहिक हटियामा माक्स वितरण गरेका हुन । उनले मंगलबार पोखरी बजारमा ७ सय ५० थानभन्दा बढी माक्स वितरण गरे । लकडी व्यवसायी भुपेन्द्र कार्की, रामकुमार लिम्बूले समेत सहयोग गरेको अधिकारीले बताए ।

लामो समयदेखि महामारीको विरुद्धमा सरकार निरन्तर लडिरहेकाबेला व्यक्तिगत रुपमा गरिएको यो पहलले माक्समा अनिवार्यतामा समेत सहयोग पुगेको स्थानीय युवा सुदनकुमार खत्रीले बताए ।
माक्स वितरणमा सिद्धकाली स्वास्थ्यचौकीका कर्मचारी, अस्थायी प्रहरीचौकीका प्रतिनिधि,इलाका बन कार्यालय लगायतका सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।





