देश

बागमती प्रदेशमा ९० प्रतिशत धान रोपाँई सम्पन्न

काठमाडौं। बागमती प्रदेशमा ९० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हेटौंडाका अनुसार प्रदेशको कुल वर्षे धानले ढाक्ने १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफल मध्ये श्रावण १३ गतेसम्म १ लाख २० हजार ८८ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको हो ।
यो गत वर्षको तुलनामा ९ प्रतिशतले बढी हो, कृषि सचिव डा‍. योगेन्द्र कुमार कार्कीले भने यो वर्ष अगाडी नै वर्षा भएकोले धान रोपाई आउदो हप्ता सम्पन्न हुने मन्त्रालयको अनुमान छ ।


मन्त्रालयवाट प्राप्त जानकारी अनुसार प्रदेशको सबैभन्दा बढी धान खेती हुने चितवन जिल्लामा ८५ प्रतिशत रोपाई सम्पन्न भईसकेको छ । यसै गरि मकवानपुर जिल्लामा ८५ प्रतिशत, नुवाकोटमा ९४ प्रतिशत, ललितपुर र भक्तपुरमा ९६र९६ प्रतिशत, काठमाण्डौंमा ९७ प्रतिशत, काभ्रेमा ९० प्रतिशत, रामेछापमा ७० प्रतिशत, सिन्धुलिमा ९२ र धादिङ्गमा ९५ प्रतिशत रोपाई सम्पन्न भएको छ ।
प्रदेशको उच्च पहाडी जिल्लाहरु दोलखा, रसुवा र सिन्धुपाल्चोकमा क्रमशस् ८५, ८८ र ९५ प्रतिशत धान रोपाई सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए।

धान रोपाईको तुलनात्मक विवरण

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *