समाचार

मौवाखोला पुलमा दुई पांग्रे सवारी गुड्न थाले

चितवन । यहि साउन ५ गते सोमबार अविरल बर्षासंगै आएको बाढीले क्षती पु–याएको चितवन र धादिङको सिमानामा रहेको मौवाखोला पुलबाट दुई पांग्रे सवारी गुड्न थालेको छ ।

आज विहानदेखि अस्थाईरुपमा मोटरसाइकल पास गर्न सुरु गरिएको वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० का अध्यक्ष अमर गुरुङले जानकारी दिनुभयो । पानी नपरे साँझ सम्म साना सवारी साधन सुचारु गराउने गरि काम भइरहेको छ ।

सोमबार परेको अविरल बर्षाको कारणआएको पहिरोले मौवाखोलामा रहेको मुख्य राजमार्गको पुलको एक छेउ बगाएर यातायात अवरुद्ध भएको थियो ।

सो स्थानमा अहिले डिभिजन सडक कार्यालय भरतपुरले डाइभर्सन निर्माण गरेर राजमार्ग सञ्चालन गर्ने तयारी गरिरहेको डिभिजन प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । डाइभर्सन निर्माणको काम रातभर पनि भैरहेको उहाँले बताउनुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *