धनगढी । कैलालीको धनगढीस्थित प्रसिद्ध रामजानी मान्दिरमा खानेपानी ट्यांकी जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुलाई पिउने पानीको अभाव हुन नदिन ट्यांकी जडान गरिएको हो । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाका पहलमा ट्यांकी जडान सम्भव भएको हो ।
धनगढी–२ स्थित रामजानकी मन्दिरमा खानेपानीको धारा र २ हजार लिटरको ट्यांकी जडान भएको छ । ट्यांकी जडानको काम सम्पन्न भइसकेको मन्दिर व्यवस्थापन समितिका खेम उप्रेतीले जानकारी दिए ।




