एजेन्सी । कोरोना भाइरसका कारण चार महिना पछि भएको इंग्ल्याण्ड विरुद्धको पहिलो टेस्टमा वेष्ट इन्डिज विजयी भएको छ । वेष्ट इन्डिजले इंग्ल्याण्डलाई चार विकेटले पराजित गरेको हो । वेष्ट इन्डिजले आइतबार राति इंग्ल्याण्डलाई उसकै आँगनमा पाजित गरेको हो । जितका लागि पाएको २०६ रनको लक्ष्य वेस्ट इन्डिजले ६ विकेट गुमाउँदै पूरा गरेको हो ।
वेष्ट इन्डिजका लागि जर्मेन ब्ल्याकउडले सर्वाधिक ९५ रन बनाए। उनको यो ११ औं अर्धसतक थियो। यस्तै सेनन ग्याब्रियलले पहिलो पारीमा ४ तथा दोस्रोमा ५ विकेट लिए। उनी म्यान अफ दि म्याच भए । इंग्ल्याण्डले पछिल्लो पाँचमध्ये पहिलो टेस्टमा पराजय भोगेको हो। साउथहाम्पटन टेस्टभन्दा पहिले इंग्ल्याण्डले गत वर्ष सेन्चुरियनमा दक्षिण अफ्रिकाविरूद्धको टेस्ट शृंखलाको पहिलो खेल १०७ रनले हारेको थियो। यसबाहेक पनि न्युजिल्याण्डसँग इनिङ र ६५ रन, अस्ट्रेलियासँग २५१ रन तथा वेष्ट इन्डिजसँग ३८१ रनले हार बेहोरेको थियो । जीतसँगै वेष्ट इन्डिजले ३ टेस्टको शृंखलामा १–० को अग्रता बनाएको छ।




