देश

भालुको पित्तसहित दुई जना पक्राउ

 

काठमाडौँ । संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा कारोवार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट आज खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ कल्याणपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर वरभञ्ज्याङका हरिबहादुर मोक्तान र डाँडाखर्कका रामबहादुर लामा रहेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनीहरु रु २० लाखमा बिक्री गर्न भनी साथमा लिइ हिँडिरहेका अवस्थामा भालुको पित्तसहित पक्राउ परेका हुन् । मोक्तान र लामालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *