एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभरी एक करोड २६ लाखभन्दा बढी जना संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३२ लाख ४२ हजार, ब्राजिलमा १८ लाख ३९ हजार र भारतमा आठ लाख २० हजार जना सङ्क्रमित भएका छन् ।
यस्तै कोरोना भाइरसबाट रुसमा सात लाख १९ हजार, पेरुमा तीन लाख २२ हजार, चिलिमा तीन लाख १२ हजार, बेलायतमा दुई लाख ९० हजार, मेक्सिकोमा दुई लाख ८९ हजार, दक्षिण अफ्रिकामा दुई लाख ६४ हजार र चीनमा ८५ हजार ५१८ जनाभन्दा बढी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
भारतमा कोरोनाबाट एकै दिन ५५१ जनाको मृत्यु भएको छ । ब्राजिलमा एकैदिन एक हजार ७१ जनाको मृत्यु भएको छ भने एकैदिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । ब्राजिलमा कोरोनाका कारण ७१ हजार ४६९ जनाको मृत्यु भइसकेको छ ।




