गण्डकी प्रदेश

दाहसंस्कार गरिएका श्यामशरण जीवितै

पाल्पा । मृत्यु भयो भन्दै केही दिन अघि दाहसंस्कार गरिएका व्यक्ति जीवितै भेटिएका छन् । गुल्मीको रुरु गाउँपालिका–५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी जीवितै रहेको पाइएको छ । भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवितै भेटिएको रिडीमा बस्दै आएका चुरामणि तिमिल्सिनाले बताए ।

गुल्मी निवासी भण्डारी हाल रुपन्देहीको मणिग्राममा सपरिवार बस्दै आएका थिए । उनी साता भन्दा बढी समय बेपत्ता भएपछि खोजी गर्दा पनि भेटिएका थिएनन् । केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको शव भेटिएको थियो । उक्त शव श्यामशरणको रहेको भन्दै उनका आफन्तले दाहसंस्कार गरेका थिए । किरिया बसेको नौ दिनमा भण्डारी जीवित भेटिएपछि उनका आफन्त खुशी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *