प्रदेश

इन्द्रावतीमा बालकसहित तीन जना बेपत्ता

काभ्रेपलाञ्चोक । इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावतीमा दुई पुरुष र एक बालक बेपत्ता भएका हुन् । मण्डनदेउपुर–१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै नदी तर्ने क्रममा १२ वर्षीय अभिषेक नेपाली इन्द्रावतीमा बेपत्ता भएका छन् । उनी साथीसँगै नदी तर्दै थिए । खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेको छ । नदीमा पानीको मात्रा बढ्दै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *