खेलकुद

जेसोन होल्डर पिएसएल खेल्नबाट बञ्चित

एजेन्सी । वेष्ट इन्डिजका कप्तान जेसोन होल्डर पाकिस्तान सुपर लिग (पिएसएल) खेल्नबाट बञ्चि भएका छन् । प्रतियोगिताका लागि वेष्ट इन्डिज क्रिकेट बोर्डले नो अब्जेक्सन लेटर दिनु पर्ने भए पनि त्यसका लागि मनाही गर्दा होल्डर पिएसएल खेल्नबाट बञ्चित भएका हुन् । कोरोना भाइरसका कारण स्थगित भएको पिएसएल फेरी सुरु हुने भएको छ ।

पिएसएलमा होल्डर क्वेटा ग्लाडियटर्सबाट खेल्न अनुबन्धित भएका थिए । हाल इंग्ल्याण्ड भ्रमणमा रहेको वेष्ट इन्डिज टिमका कप्तान होल्डरलाई राष्ट्रिय टिममा नै केन्द्रित होस भनेर अनुमति नदिइएको बताइएको छ । अब क्वेटाले होल्डरको स्थानमा श्रीलंकाका खेलाडी थिसरा परेरालाई खेलाउने भएको छ । पिएसएल सन् २०२१ को फेब्रुवरी ४ देखि २३ तारिखसम्म दुबईमा हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *