एजेन्सी । विश्व चर्चित खेलाडी लिओनेल मेस्सीको पासमा अर्टुरो भिडालले उत्कृष्ट गोल गरेपछि बार्सिलोना विजयी भएको छ । स्पेनिस ला लिगा फुटबलमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १ ० गोलले हराएको हो ।
भिडालको नै निर्णायक गोल रह्यो । बार्सिलोना विजयी भए पनि रियल म्याड्रिड भने शीर्ष स्थानमै छ । बार्सिलोनाका ाथिग भिडालले पहिलो हाफमा गोल गरेका थिए । उनले खेलको १५औं मिनेटमा गोल गरेका थिए । कप्तान लिओनेल मेस्सीले चलाखीपूर्ण ढंगले पेनाल्टी क्षेत्र नजिकबाट दिएको पासलाई भिडालले गोलमा परिणत गरेका थिए । बार्सिलोनाले पटक पटक गोल गर्ने प्रयास गरे पनि सकेन ।
मध्यान्तरपछिको खmेलमा भने बार्सिलोनालाई गोल खानबाट गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाए । लुइस सुआरेजले गोलको प्रयास गरे पनि सकेनन् । जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ८० अंक रहेको छ । म्याड्रिडले सोमबार ग्रानडाको सामना गर्नेछ । भालाडोलिउड ३९ अंकका साथ लिगको १४औं स्थानमा छ ।




