खेलकुद

इंग्ल्याण्ड–वेस्ट इन्डिज टेष्ट सिरिज : वेष्ट इन्डिजलाई ११४ रनको अग्रता

 

एजेन्सी । तेस्रो दिनको खेल सकिँदासम्म घरेलु टोली इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिजले ११४ रनको अग्रता बनाएको छ । इंग्ल्याण्डको साउथह्याम्पटनमा जारी टेष्ट सिरिजमा शुक्रबार इंग्ल्यान्डलाई २०४ रनमा समेटेपछि वेष्ट इन्डिजले तेस्रो दिन सवै विकेट गुमाउँदै ३१८ रन मात्र बनाउन सक्यो ।

वेष्ट इन्डिजका लागि क्रेइग ब्रेथवेट र शेन डोवरीचले अर्धशतकीय इनिङ्स खेले । ब्रेथवेटले ६५ रन बनाए भने डोवरीचले ६१ रन जोडे । यस्तै रोस्टन चेसले ४७, शाम्रह ब्रुक्सले २९ तथा जोन क्याम्पबेलले २८ रन बनाए । बलिङतर्फ इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले चार विकेट लिए । जेम्स एण्डरसनले ३ तथा डम बेसले २ विकेट लिए । तेस्रो दिनको खेल समाप्ती हुँदासम्म वेस्ट इन्डिज ११४ रनले अघि छ ।

दोस्रो इनिङ थालेको इंग्ल्यान्डले बिना कुनै विकेट १० ओभरमा १५ रन जोडेको छ । इंग्ल्याण्डका प्रारम्भिक ब्याटस्म्यान रोरी बर्नस र डोम सिब्ले मैदानमा छन् । बर्नसले १० तथा डोमले पाँच रन बनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *