खेलकुद

जितसँगै रियल म्याड्रिड शीर्ष स्थानमा 

एजेन्सी । रियल म्याड्रिडले शुक्रबार घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा आलाभेसलाई २ ० गोलले हराउँदै स्पेनिस ला लिगको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ । रियल म्याड्रिडका लागि करीम बेन्जेमा र मार्को एसेन्सियोले एक एक गोल गरेका थिए । खेल अवधिभर रियलले आलाभेसलाई दबाबमा राख्यो । खेलको ११ओँ मिनेटमा रियलका लागि करीम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरे ।

आलाभेसका डिफेन्डर छिमो नाभारोले पेनाल्टी क्षेत्रभित्र फर्लान्ड मेन्डीलाई लडाएपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायतामा पेनाल्टी दिएका थिए । जारी लिगमा बेन्जेमाको यो १८औँ गोल हो । खेलको ३६औँ मिनेटमा आलाभेसका जोसेलुले अवसर पाए सदुपयोग गर्न भने सकेनन् । मध्यान्तरपछिको खेलमा रियलले अग्रता लियो । रियलका लागि मार्को एसेन्सियोले दोस्रो गोल गरे । उनले रोड्रीगोको थ्रु पासमा बेन्जेमाले बल अगाडी बढाउँदै पेनाल्टी क्षेत्रको ठिक भित्र दिएको पासलाई गोलमा परिणत गरे ।

जितसँगै रियलले अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । रियलले ३५ खेलबाट ८० अंक जोडेको छ । आलाभेस भने ३५ खेलमा ३५ अंकका साथ लिगको १७औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *