गण्डकी प्रदेश

सिरानचोकमा निजि आवास प्रबलिकरण तालिम सञ्चालन

गाेरखा ।गाेरखाकाे सिरानचोक गाउँपालिका वडा न ४ मा  निजि आवास प्रबलिकरणको तालिम संचालन भएकाे छ ।

जनार्दन पोखरेलकाे घरमा असार ०५ गते सुरु भएकाे तालिम ९ गते समापन भएकाे थियाे । तालिमकाे उद्घाटन वडा नम्वर ४ का वडाध्यक्ष दीपक हमालले गरेका थिए । कार्यक्रम  उद्घाटनकाे क्रममा वडाध्यक्ष हमालले डकर्मीलाई निर्माण उपकरण समेत हस्तान्तरण गरेका  थिए । वडाध्यक्ष  हमलले यस्तो प्रबिधि आगामी दिनमा समेत प्रभाबकारी  हुने औल्याए ।  कम खर्चमै हाम्रो परम्परागत घरलाई बलियो बनाउन र सुरक्षित बनाउने याे प्रबिधिकाे  उनले प्रस‌शा गरे ।

नेपाल आवास पुननिर्माण परियोजना गोरखा सिरानचोक क्लस्टर अर्न्तगत गत वडा न ४ जैसिथोक टोलमा इन्जिनियर सुनिल पोखरेलको प्रत्यक्ष सहजीकरणमा स्थानीय १२ जना डकर्मीहरु लाई ५ दिनसम्म कार्यस्थल तालिमको रुपमा सञ्चालन गरिएको थियो । परम्परागत घरहरुलाई जगेर्ना गर्ने उद्देश्यले यस क्लस्टरमा उक्त तालिम संचालन गरिएको जानकारी सिरानचोक क्लस्टर कार्यक्रम संयोजकले जानाकारी दिए।

हरेक वडामा एक एक ओटा घरमा नमुनाको रुपमा यस्तो तालिम संचालन गरीने परियोजनको योजना रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *