मनोरञ्जन

कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत सरकारलाई चार गायकले गरे आग्रह(भिडियो)

काठमाडौं । गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत सार्वजानिक भएको छ । बन्दाबन्दी बिच कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत सरकारलाई आग्रह गरिएको छ ।

गीतमा कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुती, गीतकार, गायक  तथा निर्देशक बाबु जिम्बाको शब्द, गायक एंव संगीतकार कारसाङ लामाको संगीत र संगीत संयोजन रहेको छ भने बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष तामाङको स्वर रहेको छ ।

भिडियोलाई उनै गायक एंव निर्देशक बाबु जिम्बाले निर्देशन गरेका छन् । भिडियो सम्पादन आशिष जिम्बाले गरेका छन ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *