मुख्य समाचार

आज लाग्ने सूर्यग्रहण हेर्दा कुन राशीलाईं शुभ र अशुभ हुन्छ ?

काठमाडाैं। ज्येष्ठ ७ गते हुने सूर्यग्रहणका दिन नेपाली समय अनुसार बिहान  १०:५० बजे   ग्रहणस्पर्श अर्थात् ग्रहण आरम्भ हुँदैछ । ग्रहणको मध्याह्नको समय दिउँसो  १२.३८ बजे र ग्रहण मोक्ष दिनको २ बजेर २३ मिनेटमा हुनेछ । ग्रहण ३ घण्टा  ३३ मिनेट लामो हुनेछ । संसार भर रहने १२ राशिका प्राणीलाई  विभिन्न प्रकार शुभ अशुभ फल प्राप्त हुनेछन्।
१२ राशिको  ग्रहण फल यस प्रकार रहेको छ।
मेष : श्रीप्राप्ति अर्थात् धन सम्पत्ति  श्री समृद्धि प्राप्ति हुनेछ तर  प्राप्त सम्पत्ति तपाईंको  मदोन्मत्त प्रवृत्तिलाई  बढाउने नहोस् यसको   ख्याल राख्नुहोला।
वृष : क्षति यानी कि घाटाको सौदा हुने वाला छ  कारोबार या लेनदेनमा सचेत रहनुहोस्।न केवल पैसा अपितु हजुर हर क्षेत्रमा सचेत रहनुहोस्।
मिथुन : घात हुनेछ।हजुरका समस्याहरु बढिरहेका छन् ।अरू भन्दा आफैंमा विश्वास गर्न सिक्नुहोस्।
कर्क : व्यय।खर्चको टाइम बढिरहेको छ  है सेविंगमा ध्यान दिनुहोस्।
सिंह : लाभ। मुनाफाको टाइम चलिरहेको छ।सहयोग खोज्नेलाई हर प्रकारबाट सहयोग गर्नुहोस् । तपाईंको भलो हुनेछ ।
कन्या : सुख।सुख प्राप्ति हुनेछ।सचेत  रहनुहोस् किन कि भोगे रोग भयं यानी कि सुख भोगमा रोगको पनि  आगमन हुनसक्छ ।
तुला : माननाश: ।तपाईंको मानको पनि नाश हुन सक्छ सतर्क रहनुहोस् । तपाईंका  वासना क्रोध र  अभिमानलाई  त्याग दिनुहोस् नत्र तपाईंले मूल्य चुकाउनुपर्ने छ ।
वृश्चिक : कष्ट  यो  समय तपाईंका लागि कष्टकारक छ। चुनौतिको  सामना गर्न  तयार हुनुहोस् ।आउने  हर चुनौतिले हजुरलाई  सबल बन्न   सहयोग गर्नेछन्  त्यसैले तपाईं हार न मानिकन लडेर  उठने प्रयास गर्नुहोस् ।
धनु : स्त्रीपीडा । नजदीकका  स्त्रीका  कारण तपाईंलाई  पीडा हुने  सम्भावना छ ।यो फल धनु राशी भएका स्त्री पुरुष दुबैलाई समान रहेको छ।
मकर : सौख्य । समय राम्रो चलिरहेको छ यो राम्रो समयलाई  अरुको भलाइमा  लगाउनुहोस् तपाईंको  विपत्तिको समयमा यो पुण्यकर्म तपाईंको काममा आउनेछ।
कुम्भ : चिन्ता।तपाईंलाई चौतर्फी रूपमा चिन्ताहरूले घेर्न सक्छन् तर चिन्ता रोगकारक हो त्यसैले तपाईं ध्यान प्राणायाम योग गर्नुहोस् यसले तपाईंलाई तनावबाट टाढा  रहन  सहयोग गर्नेछ।
मीन :  व्यथा। आन्तरिक क्लेश या दु:खले तपाईंलाई  सताउने छ तपाईं डिप्रेसन होइन मोटिवेसनमा सवार हुनुहोस्  समय विपरीत चल्दैछ  धैर्य साथ अगाडी बढ्नुहोस् स्वयंलाई शारीरिक र मानसिक रूपमा  फिट राख्नका लागि  अध्यात्मको  सहारा लिन सक्नुहुन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *