कला/साहित्य

समाजसेवी एवं शिक्षाविद् जोशीको निधन

काठमाडौँ।  समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको आज ८९ वर्षको उमेरमा निधन भएको छ । उनको काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काठमाडौँका डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीमा जन्मनुभएकी जोशीको काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापना गर्नमा प्रमुख योगदान रहेको छ । आणविक वैज्ञानिक डा बलराम जोशीसँग विवाह गरेकी उनका दुई छोरी र एक छोरा छन । जोशीले बनारसबाट राजनीति र संस्कृत शिक्षा तथा बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन।

जोशीको साहित्यमा समेत रुचि थियो । विसं २०३२ सालमा ‘कथासङ्ग्रह’ निस्किएको छ । उनको उत्कृष्ट प्रकाशन प्रालिले विसं २०७४ वैशाखमा ‘अक्षर साधना र गोँधुली साँझ’ भन्ने आत्मकथासमेत प्रकाशन गरेको त्यसका अध्यक्ष हरिप्रसाद रिमालले जानकारी दिए ।

जोशीको लगाम सामाजिक र शिक्षा क्षेत्रमा बढी रहेको थियो । आध्यात्मिक चिन्तक जोशीले युवराज्ञी हुँदा पूर्व रानी ऐश्वर्यलाई पढाएकाे रिमालले बताए । तारागाउँ विकास समिति खडा गर्नमा उनको महत्वपूर्ण योगदान छ । पहिलो महिला क्याम्पस प्रमुख हुन ।

रिमालका अनुसार उनीले नेपाली नारीलाई शिक्षाको उज्यालो छर्न अथक प्रयास गरिन । विकृति–विसङ्गति हटाई आध्यात्मिक चेतना जगाउन उनले भूमिका खेलिन । शनिबार उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएकाे जनाइएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *