शिक्षा / स्वास्थ्य

क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग

 काठमाडाैं। क्यान्सर रोगी १४ वर्षीय बालक तिलराज गुरुङलाई ‘हाम्रो माङ्सिमा–हङकङ परिवार’ले आर्थिक सहयोग गरेको छ। क्यान्सर पीडित बालकलाई ‘हाम्रो माङ्सिमा–हङकङ परिवार’ले एक लाख ७५ हजार २ सय ७२ रुपैयाँ  नगद  सहयाेग गरेकाे  हाे । 

भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बालकलाई समाजको सक्रियतामा संकलित रकम संखुवासभा तमू समाजका उपाध्यक्ष बाबुराम गुरुङ, चक्र गुरुङ, अर्जुन गुरुङ, सकिला गुरुङ, राजेन्द्र गुरुङ, सन्जिब गुरुङ, भूपाल बस्नेत लगायतले  शनिवार अस्पतालमै पुगेर हस्तान्तरणा गरेका हुन । 

आर्थिक अवस्था कमजोर भएका कारण बालकका परिवारले सहयोगको अनुरोध गरेपछि समाजका लीला गुरुङ र हिरा गुरुङको नेतृत्वमा सहयोग रकम संकलन गरिएको थियो ।

संखुवासभाको मकालु गाउँपालिका माङ्सिमाका बालक गुरुङलाई बायाँ खुट्टामा क्यान्सर भएपछि दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *