कोशी प्रदेश

पेस्तोलसहित विष्फोटक पदार्थ फेला  

भोजपुर। भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले ताबुबाट एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ ।

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुङने टहरोमा शङ्का लागि चेकजाँच गर्दा टहरोबाट एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरेको इलाका प्रहरी कार्यालय दिंलाका प्रमुख तथा प्रहरी निरीक्षक भास्कर खतिवडाले आज जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *