संखुवासभा । चैनपुर प्राथमिक केन्द्रमा एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । चैनपुर नगरपालिका वडा नम्बर २ बाट उपचारका लागि आएका ३५ वर्षीय युवाकाे मृत्यु भएको हो । कोरोन संक्रमणको आशंकामा मृतकको स्वाब पीसीआर परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
कोरोनाको आसंकामा चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र सिल स्थानीय प्रशानले सिल गरेको छ । शारीरिक रुपमा अपांगसमेत रहेका मृतक संखुवासभाको चैनपुरमा २ महिना अगाडि आएका थिए । आफन्तको घर चैनपुर न.पा. २ को मयममा बस्दै आएका उनलाइ आकस्मिक ज्वरो आएपछि अस्पताल लगिएकाे थियाे । उनको उपचारका क्रममा आज विहान मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।
मृतकको लाश स्वावको नतिजा नआउन्जेलसम्मका लागि लाश प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र चालकको समेत स्वाव परीक्षणका लागि पठाइएको जनाइएकाे छ । चालकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर उपेन्द्र खरेलले जानकारी दिए ।





