बागमती प्रदेश

सरकारी भ्रष्टाचारकाे विराेधमा सिन्धपाल्चाेकका युवाहरू सडकमा उत्रिए

काठमाडाैं।सरकारी भ्रष्टाचारकाे विराेधमा सिन्धपाल्चाेकका युवाहरू सडकमा उत्रिएका छन । सरकारको चरम भ्रस्टाचारको बिरूद्व विभिन्न नारा लेखिएको व्यानर बाेकी युवाहरू सरकारकाे बिरोधमा उत्रिएका हुन ।शनिवार पनि युवाहरूले सिन्धुपाल्चाेककाे बाह्रविसे बजारमा प्रदर्शन गरेका थिए । 

आइतबार सिन्धुपाल्चोककाे बाह्रबिसे बजारकको चोकमा साझ नेपालको नयाँ नक्सालाई स्वागत गर्न नेपालको नयाँ नक्सा बनाई दीपप्रजोलन गरेका थिए । हिजोबाट शुरू भएकाे बाह्रबिसे बजारमा स्थानीय युवाहरूले आज फरक ढंगले बिराेध कार्यक्रम गरेकाे जीवन थापाले बताए।  यस्तो महामारीमा सबै क्षेत्रमा ठूलाे असर पुर्‍याई रहेकाे बेला सरकार भ्रष्टाचारमा लिप्त भएकाे भन्दै युवाहरूले आपत्ति  जनएका छन ।

  सरकारलाई सच्चिनका लागी यो बिरोध गर्दा नकारात्मक र राजनिती रङ्ग लगाएर बेवास्ता गरे देशमा राम्रो नहुने र ठुलो आन्दोलनको रुप लिने चेतावनी  माधव तिमल्सिनाले दिए  । र भाेलिकाे दिनमा पनि फरक फरक दङ्गबाट बिराेध गर्ने सराेज श्रेष्ठले जानकारी दिद‌ैँ सबैलाई सहभागी हुन अनुरोध गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *