काठमाडौं । राष्ट्रभावले भरिएको गीतकार तारा अधिकारीको गीत “माटोको सिन्दुर” को लिरिकल भिडियो सार्वजनिक भएको छ । प्रताप दास र अस्मिता अधिकारीको सुमधुर आवाजमा रहेको गीत सुनौलो तारा यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा गायक तथा संगितकार सुवास भुषालको संगित र उदयराज पौडेलको संगीत संयोजन छ । आर बी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको मिक्सिङ अशोक महर्जनले गरेका हुन् ।
लकडाउनका समयमा तारा अधिकारीका अन्य गीतहरु पनि सार्वजनिक भएका छन् । ती सबै गीतहरुमा सुनौलो तारा युट्युब च्यानलमा छन् ।
पछिल्लो समयमा चर्चामा रहेका संगीतकार सुवास भुषाल, एरेन्जर उदयराज पौडेल तथा नेपाल आइडलबाट श्रोताको मन जितेका प्रताप दास र अस्मिता अधिकारीको आवाजले गीतलाई सजीव बनाएको गीतकार तारा अधिकारीले बताइन् । उनले यो गीत सबैले रुचाइदिनेमा विश्वास व्यक्त गरिन् ।
देशमा राष्ट्रियताकै कुरा उठिरहेका बेला यो गीतले अझ राष्ट्रप्रतिको प्रेमलाई प्रोत्साहित गर्ने विश्वास सबैले लिएका छन् ।




