बागमती प्रदेश

मेलम्ची २ मा युवाले चलाए कोरोना सचेतना अभियान

काठमाडाैं।काेराेना महामारीकाे संक्रमणबाट वडा बासीहरूलाइ बचाउने उद्देश्यले मेलम्ची नगरपालिका वडा नम्वार २ का युवाहरूले सचेतना अभियान चलाएका छन ।  “दुई थोपा सेनिटाईजर सबैको हातमा ज्वरो नाप्दै साथमा, एक घर एक साबुन वितरण गरिन्छ है लास्टमा” भन्ने नारा सहित कोरोनाको माहमारी बड्दै गरेको अवस्थामा वडाबासिको स्वास्थ्यको ख्याल राख्दै मेलम्ची २ का युवाहरु रामचन्द्र दुलाल, दिपक दुलाल र मधुकर चौलागाईंको अगुवाइमा
वडा भित्रका सम्पुर्ण घर दैलोमा पुगेर युवाहरूले सचेतना जगाएका हुन ।
उनीहरूले  सामाजिक दूरी कायम गरी स्वास्थ्याकर्मीहरु, वडाका जनप्रतिनिधिहरु, स्वास्थ्य स्वयम् सेविका, टोल विकासका पदाधिकारिहरु लगायत अन्य शुभेच्छुकहरुको उपस्थितमा थर्मल गनको प्रयोग गरि ज्वरो नाप्ने, १ घर १ साबुन वितरण गर्ने, सेनिटाईजर लगाउन सिकाउनेजस्ता कोरोना सचेतना सम्वन्धी कार्य गरेकाे स्थानीय एक जनप्रतिनिधिले बताए । 
साथै, नेपाली काङ्ग्रेस वडा ईकाई समिती संगको समन्वयमा गरिएको यस अभियानका लागि आवश्यक पर्ने थर्मल गन,मास्क सेनिटाइजर ग्लोव्सको व्यवस्था नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री  मोहन बहादुर बस्नेतको आग्रहमा मसिना खड्का भण्डारीले मास्क र ग्लोब्ससंगै स्वास्थ्य ईकाईको लागि पीपीई सेट उपलब्ध गराएकी थिइन । यसै गरी यस अभियानका अगुवालगायत स्वास्थ्यकर्मीहरुको पूर्वमन्त्री बस्नेतले  स्वास्थ्य बिमा गराएकाे अभियन्ता रामचन्द्र दुलालले बताए ।
त्यस्तैगरि यस अभियानका अर्का अभियन्ता दिपक दुलालको आग्रहमा हाल कोरिया रहेका सन्दिप पाख्रीन र हाल कतारको दोहा रहेका रवि बजगाईले अभियानको लागि केही आर्थिक सहयोग उपलब्ध गराएकाे अर्का अभियन्ता मधुकर चौलागाईंले हामीलाई बताए । यो अभियान नेपाली काङ्ग्रेस मे न पा २ ईकाई, वडाका वडा अध्यक्ष शन्त बहादुर तामाङ, वडा सदस्य गोमा दुलाल, स्वास्थ्यकर्मीहरु बिमला खरेल उप्रेती र रविना राउत, स्वास्थ्य स्वयंसेविका ईन्दिरा खतिवडा, टोल विकासका अध्यक्षहरु कृष्ण प्रसाद खतिवडा र भिमसेन दुलाल, टोल विकास सचिव डिल्ली खतिवडा संगै शुभेच्छुकहरु चित्र कुमार चौलागाईं(सीके), ज्ञान प्रसाद चौलागाईं, पुण्य प्रसाद दुलाल, शंकर खतिवडा, बम बहादुर बन्जारा, रामेश्वर दुलाल, छिरिङ तामाङ, रामचन्द्र बन्जारा, सुबास चौलागाईं, अनिश खतिवडा, रमेश चौलागाईं, स्वेता चौलागाईं, सन्दीप पाख्रीन, रवि बजगाई, सुमन दुलाल,पदमनिधी खतिवडा ,श्याम राज सापकोटालगायतका शुभेच्छुकहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेकाे  अभियन्ता दिपक दुलालले बताए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *