विश्व

अलकायदाको प्रमुख मारिएको फ्रान्सेली रक्षामन्त्रीको जानकारी   

एएनआई।फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिएका छन  ।
रक्षामन्त्री पार्लीले फ्रान्सेली सैनिकको कारबाहीमा परी अल कायदाको मालीका प्रमुख अब्लेलमार्क ड्रकदेलको ज्यान गएको शनिबार जानकारी दिएका हुन ।

शुक्रबार आफ्नो ट्वीटर पेजमा उनले सो कुराको जानकारी दिएकाे पेरिसबाट प्राप्त भएको समाचारमा जनाइएको छ । मालीमा एक्युएमआई नामक आतंककारी संगठन चलाएको र सो संगठन अलकायदासँग आबद्ध रहेको जानकारी उनले दिएका छन  ।

मालीमा सो संगठनले सन् २०१२ देखि नै आतंक मच्चाइ आएको छ । त्यस वर्ष मालीको उत्तरी भूभाग सो संगठनले कब्जा गरेको थियो । पछि उक्त भूभाग फ्रान्सेली सेनाले फिर्ता ल्याएको थियो ।
उक्त आतंककारी संगठनले सन् २००७ देखि उत्तरी अफ्रिका र साहेलमा पनि सशस्त्र लडाकूहरुमार्फत हिंसात्मक आक्रमण गरी आतंक मच्चाउने गरेको पनि बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *