काठमाडाैं। डिएआर मुभिजले नयाँ गीत आउछु फर्केर बजारमा ल्याएकाे छ । गीतमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे काे शब्द , लय र स्वर रहेकाे छ भने स्मृति गाैतमले उनलाई स्वरमा साथ दिएकी छन् ।
जीवन बडूको एरेन्ज रहेको गीतको भिडियाेमा सरोज दाहाल र अनु पराजुली को अभिनय रहेकाे छ । क्यामेरा पिटर गुरुङ , सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईं ले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धिताल ले गरेका छन् ।
केहि समय पहिले प्रभावन जेको टिमले सामाजिक सचेतनामुलक गीतहरु कालापानि, काेराेना (covid-19), घरमै बसाैन, काे साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएकाे थियाे ।
यो गीत हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकायको ध्यान पुर्याउने उद्देश्यले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि.का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए।
(भिडियो हेर्नुहाेस )




