काठमाडाैं।नेपाल विद्यार्थी संघ क्षेत्र नं १ सिन्धुपाल्चोकका सभापति हेमन्त श्रेष्ठले जनताहरू काेराेनाकाे कहरमा छट्पटाइरहेकाे बेला बिद्यालयले किताब बिक्रि गरि नीतिगत भ्रष्टाचार गरेकाे आराेप लगाएका छन । काेल्दाङदेवी माबिले विद्यालय खुल्ने निश्चित नै नभइ प्रति विद्यार्थी पाठ्यपुस्तक बापत रू २ हजार १ सय ७० उठाइ ठगी गरेकाे नेविसंघकाे आराेप छ ।
क्षेत्रीय सभापति श्रेष्ठले बिद्यालयमा भएकाे नीतिगत भ्रष्टाचारकाे छानबीन गर्न माग गरेका छन ।
शैक्षिक माफियाहरूलाई सम्बन्धि निकायले कारबाही नगरे नेविसंघले जस्तोसुकै सामाजिक कारबाहि गर्ने चेतावनी श्रेष्ठले दिएका छन ।




